बाँकेका योगराज ढकाल (रिगल) को कैद मिनाहाविरुद्ध परेको रिट हेर्न नमिल्नेमा राखिएको छ। बिहीबार प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा मुद्दाको सुनुवाइ सुरु भएको थियो।
तर बहस सुुरु भएको केहीबेरमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उक्त मुद्दा हेर्न नमल्निे बताएका हुन्।
यस्तै प्रकृतिको मुद्दामा यसअघि नै फैसला भइसकेको भन्दै उक्त मुद्दा सुनुवाइ नगर्ने प्रधानन्यायाधीसहितको इजलासले भनेको हो।
यो मुद्दामा अर्को पेसी कात्तिक १४ गतेका लागि तोकिएको छ।
कुनै पनि मुद्दामा न्यायाधीशहरूले पहिल्यै धारणा व्यक्त गरिसकेको भए त्यस्तो मुद्दा फेरि आएमा प्रभावित हुनसक्ने भन्दै ती मुद्दाहरू न्यायाधीशहरूले हेर्न नमिल्नेमा राख्ने गर्छन्।
123
Shares

प्रतिक्रिया