समाज


मकवानपुर र पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

मकवानपुर र पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

नेपालखबर
कात्तिक १२, २०८० आइतबार १०:५९, काठमाडौँ

मकवानपुर र पाल्पामा भएका मोटरसाइकल दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ।

मकवानपुरको बाग्मती गाउँपालिका–७ लामिटारमा गएराति ना ३० प ३४८१ मोटरसाइकल दुर्घटना हुँदा बागमती- ६ का २२ वर्षीय सन्तोष दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अर्का एक युवक घाइते भएका छन्।

मदन भण्डारी लोकमार्ग अन्तर्गत झुरझुरेबाट हेटौँडा जाँदै गरेको मोटरसाइकल आफैँ अनियन्त्रित भइ बिजुलीको पोलमा ठोक्किँदा दुर्घटना भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका दर्लामीको काठमाडौँस्थित न्युरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए।

सोही दुर्घटनामा २२ वर्षीय प्रदीप लोप्चन घाइते भएका छन्। 

त्यसैगरी पाल्पामा भएको मोटरसाइकल दुर्घटनामा स्याङ्जाको वालिङ नगरपालिका–५ का ४१ वर्षीय मोहनीलाल थापाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार स्याङ्जाबाट बुटवल जाँदै गरेको लु १४ प ८८७१ नम्बरको मोटरसाइकल पाल्पाको माथागढी गाउँपालिका–१ बिरौटामा दुर्घटनामा परेको हो। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .