समाज


जाजरकोट भूकम्पः उद्धार र राहतमा कठिनाइ

जाजरकोट भूकम्पः उद्धार र राहतमा कठिनाइ

दिनेश बुढा
कात्तिक १८, २०८० शनिबार १:१६, सुर्खेत

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शनिबार राति ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा कर्णालीमा ठूलो क्षति भएको छ।

दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान लगायतका जिल्लाका धेरै घरमा क्षति पुगेको छ। केही ठाउँमा सुख्खा पहिरो गएको छ ।

रातिको समय भएकाले विवरण संकलन गरी उद्धार र राहतका काम गर्न समस्या भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको छ । कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको छ।
कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री वेदराज सिंहले जाजरकोटमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन भएको बताएका छन् । क्षतिको विवरण र सूचना संकलन भइरहेको र कतिपय स्थानमा टेलिफोन टावरले काम नगर्दा सूचनामै समस्या भइरहेको उनको भनाइ छ।

मन्त्री सिंहको घर पनि जाजरकोट हो।

चिसो मौसममा घरबाहिर निस्केकाहरुलाई रात कटाउन पनि कठिन भएको छ । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .