समाज


२५ जना स्वास्थ्यकर्मी लिएर सेनाको स्काई ट्रक जाजरकोट उड्यो

२५ जना स्वास्थ्यकर्मी लिएर सेनाको स्काई ट्रक जाजरकोट उड्यो

नेपालखबर
कात्तिक १८, २०८० शनिबार १०:४, काठमाडौँ

भूकम्पका घाइतेको उपचारको लागि काठमाडौँबाट २५ जना स्वास्थ्यकर्मीको टोली जाजरकोट र रुकुम पश्चिम गएको छ। 

नेपाली सेनाको स्काई ट्रक  (हवाइजहाज) मेडिकल सामग्री र स्वाथ्यकर्मीसहित काठमाडौँबाट भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेको हो। 

सशस्त्र प्रहरी बलका डा. रोशन पराजुलीसहितको ८ जना स्वाथ्यकर्मी, वीर अस्पतालका स्वाथ्यकर्मीसहित १७ जनाको टोली त्यसतर्फ उडेको सशस्त्र प्रहरी बलका प्रवक्ता राजेन्द्र खड्काले जानकारी दिए।

सुर्खेतबाट सशस्त्र प्रहरीकै डा.निशा घिमिरेको टोली पनि भूकम्प प्रभावित क्षेत्रमा पठाइएको छ।

यसअघि नेपाली सेनाको हेलिकोप्टर उद्धार टोलीसहित शनिबार बिहानै जाजरकोट गएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .