समाज


जाजरकोट भूकम्प : एक हजार बढी घर पूर्ण रुपमा क्षति

जाजरकोट भूकम्प : एक हजार बढी घर पूर्ण रुपमा क्षति

दिनेश बुढा
कात्तिक १९, २०८० आइतबार २१:४, सुर्खेत

जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ रेक्टर स्केलको भूकम्पबाट करिब ३ हजार बढी घरमा क्षति भएको छ। प्रारम्भिक विवरण अनुसार जाजरकोट र रुकुमपश्चिमा गरि तीन हजारबढी घरहरूमा क्षति पुगेको हो।

जिल्ला प्रशासन कार्यालय जाजरकोटका अनुसार जाजरकोटमा करिब एक हजार घर पूर्ण रुपमा क्षति भएका छन्।

प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जाजरकोटमा पछिल्लो प्रारम्भिक विवरण अनुसार कम्तिमा एक हजार बढी घरहरू पूर्ण रुपमा क्षति भएको जानकारी दिए।

प्रजिअ सुनारले नेपालखबरसँग भने, ‘भूकम्प प्रभावित स्थानीय तहबाट विवरण संकलन कार्य जारी रहेको छ। पछिल्लो प्रारम्भिक विवरण अनुसार करिब एक हजार घरहरू पूर्ण रुपमा क्षति भएका छन्। भने तीन हजार घरहरुमा आशिंक क्षति पुगेको विवरण प्राप्त भएको छ।’

तर, जाजरकोटमा नौ सय पाँच घर पूर्ण रुपमा क्षति, २ हजार सात सय ५४ घरहरुमा आंशिक र पूर्ण गरीतीन हजार ६ सय ५० घरहरुमा क्षति भएको पुष्टि भइसकेको छ।

यस्तै, भूकम्पबाट प्रभावित अर्को जिल्ला रुकुमपश्चिमा दुई हजार एक सय ३६ पूर्णरुपमा ध्वस्त भएका छन्। 

प्रारम्भिक विवरण अनुसार दुई हजार एक सय ३६ घरहरू पूर्णरुपमा क्षति भएको जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले नेपालखबरलाई जानकारी दिए।

उनका अनुसार दुई हजार सात सय ९२ घरहरू आंशिक क्षति र चार हजार सात सय ६० वटा घरहरुमा सामान्य क्षति पुगेको छ। 

भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १ सय ५७ जनाको मृत्यु भएको छ। जसमध्ये जाजरकोटका १०५ र रुकुमपश्चिमा ५२ जना रहेका छन्।

दुई सयभन्दा बढी घाइते भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .