समाज


उर्लाबारी आगलागी : कीर्तिपुरमा उपचाररत अर्का घाइतेको पनि मृत्यु

उर्लाबारी आगलागी : कीर्तिपुरमा उपचाररत अर्का घाइतेको पनि मृत्यु

फाइल तस्बिर


नेपालखबर
मंसिर ७, २०८० बिहिबार १३:५१, काठमाडौँ

लक्ष्मी पूजाको राति मोरङको उर्लाबारी नगरपालिका–७ बरगाछीमा भएको आगलागी घटनामा घाइते भएका अर्का एक घाइतेको पनि मृत्यु भएको छ। 

योसँगै उर्लाबारी आगलागी घटनामा परेर मृत्यु हुनेको संख्या तीन पुगेको छ।

उर्लाबारी–७ ४२ वर्षीय कुमार तामाङको उपचारको क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यसअघि गएराति कीर्तिपुरमै उपचरा गराइरहेका उर्लाबारीकै ४९ वर्षीय हेमकुमार दाहालको पनि मृत्यु भएको थियो। 

गएको मंगलबार उर्लाबारीकै ४३ वर्षीय तपन पण्डितको पनि कीर्तिपुरमै मृत्यु भएको थियो। योसँगै उर्लाबारी आगलागी घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ। 


स्थानीय दीपक कार्कीले घरमै सञ्चालन गरेको स्नेहा सुनचाँदी पसलबाट लक्ष्मी पूजा दिन आगलागी सुरु भएको थियो। त्यतिबेला आगो निभाउन गएका ४ प्रहरी र २४ स्थानीयसहित २८ जना घाइते भएका थिए। 

सो आगलागी घटनामा घाइते भएका ६ जनाको कीर्तिपुर वर्न अस्पतालको आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ। 

त्यतिबेला पसलमा लागेको आगो नियन्त्रणमा लिने क्रममा सिलिण्डर विष्फोट हुँदा ४ जना प्रहरीसहित २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .