समाज


काठमाडौँमा अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ पुरुष पक्राउ

काठमाडौँमा अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ पुरुष पक्राउ

रासस
मंसिर १७, २०८० आइतबार २१:११, काठमाडौँ

काठमाडौँमा नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोह भएको आरोपमा ५ जनालाई पक्राउ गरेको छ। 

प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेङ्गेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा ५ पुरुषलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुङ्गाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का छन्। 

कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोग गरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए। पक्राउ परेकाहरूका बारेमा अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .