समाज


कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु

नेपालखबर
मंसिर २४, २०८० आइतबार १२:५०, काठमाडौँ

कैलालीमा अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। 

प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका–८, स्याउलेस्थित भित्री सडकमा शनिबार साँझ सु.प. प्र. ०१००१ ह ३४८४ नम्बरको अटो आफैँ अनियन्त्रित भई पल्टिएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका गोदावरी नगरपालिकाकै वडा नम्बर ९ सेहरी निवासी ३५ वर्षीय चक्र सार्कीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। 

पदमा अस्पताल (अत्तरिया) मा सामान्य उपचारपछि सेती प्रादेशिक अस्पताल (धनगढी) लगिएका उनको उपचारका क्रममा मृत्यु भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .