समाज


तीन जिल्लाका सीमाक्षेत्रबाट ३२ लाखको अवैध सामान बरामद

तीन जिल्लाका सीमाक्षेत्रबाट ३२ लाखको अवैध सामान बरामद

नेपालखबर
पुस ४, २०८० बुधबार १७:१, काठमाडौँ

रौतहट, बारा र धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाईकल तथा पश्चिम नवलपरासीबाट करीब १२ लाख रुपैयाँ बराबरको मोवाइलको सामान बरामद     

रौतहट, बारा, धनुषाबाट करिव ३२ लाखको लत्ताकपडा र मोटरसाइकल तथा पश्चिम नवलपरासीबाट करिब १२ लाख रुपैयाँ बराबरको मोवाइलमा प्रयोग हुने सामान सशस्त्र प्रहरीले पौष ३ गते मंगलबार बरामद गरेको छ।

रौतहटको बौधिमाई नगरपालिका ७ स्थित बारा– रौतहट जिल्लाको सीमा ईलाकाबाट पौष ०४ गते करीब १५ लाख १६ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको हो। 

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहट, सुरक्षा बेश लक्ष्मिनिया, फतुवा र बिओपी सरमजुवाको टोलीले सोही इलाकास्थित अरुवाखोला पुल नजिकैको टहरामा बेवारीसे अवस्थामा रहेको उल्लेखित मूल्यको लत्ताकपडा बरामद गरेको हो। 

त्यसैगरी बाराको सिम्रौनगढ नगरपालिका ११ औरैयास्थित सीमा इलाकाबाट बुधबार करिब १५ लाख ५ हजार ४ सय रुपैयाँ बराबरको लत्ताकपडा बरामद भएको छ।

एक कच्ची घरमा लुकाएको ५ पोका लत्ताकपडा विशेष सूचनाको आधारमा बिओपी गोलागन्जले बरामद गरेको हो।

यसैगरी नम्बर ८ गण धनुषाले बुधबार नै करिब १ लाख २ हजार रुपैयाँ बराबरको लत्ताकपडा र ४ लाख ५० हजार रुपैयाँ बराबरको तीनवटा मोटरसाईकल नियन्त्रणमा लिएको छ।

ज १० प २२८९, ज ८ प ५३८९ र बिआर ०१ एफए ६९७२ नम्बरको मोटरसाइकलमा भारतबाट अवैधरुपमा ल्याउँदै गरेको लत्ताकपडा  र मोटरसाइकल धनुषाको धनौजी गाउँपालिका ५ स्थित बहुअर्वाबाट नियन्त्रणमा लिइएको हो।

यसैगरी पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका ५ स्थित गेरमा इलाकाबाट बुधबार करिब ११ लाख ६९ हजार रुपैयाँ बराबरको मोबाइलका ग्लासहरु बरामद भएको छ।

भारतबाट अबैध रुपले नेपालतर्फ ल्याई सोही गाउँपालिका ५ स्थित एक घरमा लुकाएको अवस्थामा मोबाइलमा प्रयोग हुने १६ हजार ७०० वटा टेम्पर ग्लास प्रस्तावित सीमा सुरक्षा गुल्म हरपुर र सुरक्षा बेश परासीको संयुक्त टोलीले बरामद गरेको हो। 

नियन्त्रणमा लिइएका मोटरसाइकल तथा सामान आवश्यक कारवाहीका लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad