समाज


एसईईमा एनजी प्रणाली लागू हुँदै, कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

एसईईमा एनजी प्रणाली लागू हुँदै, कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने

फाइल फाेटाे


रासस
पुस ६, २०८० शुक्रबार ५:४, भक्तपुर

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा. महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसईई परीक्षामा कम्तीमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने बताएका छन्। 

नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईमा सहभागी विद्यार्थीका लागि बिहीबार आयोजना गरेको परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसईई परीक्षा हुँदैन भन्ने भ्रममा नपर्न विद्यार्थीलाई आग्रह गरे। 

बोर्डका अध्यक्ष डा. शर्माले भने, ‘एसईईमा अब एनजी (कुनै विषयमा ३५ प्रतिशत अंक नल्याएमा ननग्रेड हुन्छ)  प्रणाली लागू हुँदै छ। यस वर्षकै एसईई परीक्षाबाट नयाँ ग्रेडिङ प्रणाली लागू गर्ने भएकाले अब उच्च शिक्षा अध्ययन गर्न विद्यार्थीले एसईईमा ३५ प्रतिशत अंक ल्याउनैपर्ने हुन्छ।’

कार्यक्रममा प्रसिद्ध उत्प्रेरक डा. ताराप्रसाद गिरीले स्कुल जीवनमा नै भविष्य बनाउनुपर्ने सुझाव दिँदै शिक्षक एवं आमाबुबाको मार्गनिर्देशनमा हिँड्ने व्यक्ति सफल हुने बताए। 

मार्गनिर्देशनमा नेसनल प्याप्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले अक्षराङ्क प्रणालीका कारण नपढे पनि उत्तीर्ण भइन्छ भन्ने भ्रम विद्यार्थी र अभिभावक अझै रहेको बताए। उनले यस्ता भ्रममा नपरी सिकाइलाई मजबुत बनाउँदै लैजान विद्यार्थीलाई आग्रह गरे।

कार्यक्रममा पूर्व परीक्षा नियन्त्रक तथा उपसचिव अर्जुनबहादुर रायमाझी, नेशनल प्याप्सनका केन्द्रीय सदस्य जीबी खड्कालगायतले कोभिडका कारण बिग्रिँदै गएको पढाइको पद्धतिलाई विद्यालय, अभिभावक तथा विद्यार्थी सबैले सुधारेर लैजानुपर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad