समाज


प्रहरी महानिरीक्षकको पहिलो निर्देशनः आक्रामकरुपमा प्रस्तुत हुनु

प्रहरी महानिरीक्षकको पहिलो निर्देशनः आक्रामकरुपमा प्रस्तुत हुनु

नेपालखबर
फागुन १, २०७६ बिहिबार १२:२६,

नवनियुक्त प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बिहीबार सुरक्षा चुनौतीको सामना गर्न आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

सात वटै प्रदेशका निमित्त प्रमुखहरुसँग शान्ति सुरक्षा तथा समसामयिक विषयमा प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्समार्फत अन्तरक्रिया गरी सबै निमित्त प्रमुखहरुलाई  सो निर्देशन दिएका हुन्।

‘प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आक्रामकरुपमा प्रस्तुत हुन निर्देशन दिनुभयो,’ नेपाल प्रहरी केन्द्रीय कार्यालयले बिहीबार जनाएको छ। ‘आवश्यकता अनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने उहाँले बताउनुभयो।’

ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल प्रहरी परिचालन गरी विधि तथा प्रक्रियासम्मत रुपमा कानुनी कारवाही अगाडि बढाउन निर्देशन दिएका थिए।

उनले सबै प्रदेशका प्रहरी प्रमुखहरुले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न निर्देशन दिएको केन्द्रीय कार्यालयले जनाएको छ।

‘प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताउनुभयो,’ प्रहरीले जनाएको छ। ‘राजमार्ग अवरोध, अवाञ्छित गतिविधिलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनु पर्नेमा उहाँले जोड दिनुभयो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad