समाज


जसले छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले बिहे गरिदिए

जसले छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले बिहे गरिदिए

नेपालखबर
चैत ५, २०८० सोमबार ७:५१, काठमाडौँ

गुल्मीको एउटा परिवारले आफ्नो छोराको मृत्युपछि एकल बनेकी बुहारीको आफैँले अर्काे बिहे गराइदिएको छ।

गुल्मीको शान्तिपुर घर भई रुपन्देहीको बुटवल बस्ने लक्ष्मीधर गौतमको परिवारले छोरा ध्रुव गौतमको मृत्यु भएको ३ वर्षपछि उनकी पत्नी धना न्यौपानेलाई यही चैत ३ गते अन्माएर पठाएको हो। 

श्रीमतीसँगै बुटवलमा इलेक्ट्रोनिक्स पसल सञ्चालनका क्रममा ३ वर्षअघि करेन्ट लागेर ध्रुवको मृत्यु भएको थियो। उनी २७ वर्षका थिए। ध्रुव र धनाबीच २०७४ मा विवाह भएको थियो। उनीहरूका सन्तान भने भएका थिएनन्।

२४ वर्षकै उमेरमा एकल बनेकी बुहारी धनाको मर्म बुझेर उनले मन पराएको अमृत पौडेलसँग बिहे गराइदिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .