समाज


टिपर दुर्घटनामा च्यापिएका चालकको चार घण्टापछि उद्धार

टिपर दुर्घटनामा च्यापिएका चालकको चार घण्टापछि उद्धार

नेपालखबर
चैत ५, २०८० सोमबार १७:३१, हेटाैँडा

मकवानपुरको भीमफेदीमा टिपर दुर्घटनामा च्यापिएका चालकको झण्डै चार घण्टापछि उद्धार गरिएको छ।

च्यापिएको अवस्थामा रहेका चालक हेटौँडा १५ का ४३ वर्षीय वीरबहादुर वाइवाको जीवितै उद्धार गरिएको हो। सोमबार रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङ्गाखानीबाट ढुङ्गा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।

टिपर च्यापिएको अवस्थामा नेपाली सेनाको हाइड्रो, सेनाको प्राविधिक टोली, २ वटा जेसिवीको सहायताले साढे तीन घण्टापछि उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

वाइवाको हात भाँचिएको र कम्मरभन्दा मुनि चोट रहेको जनाइएको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .