ad ad

समाज


धोका दिएको भन्दै धरानमा युवतीको हत्या गरेर भागेका युवक धनकुटाबाट पक्राउ

धोका दिएको भन्दै धरानमा युवतीको हत्या गरेर भागेका युवक धनकुटाबाट पक्राउ

फाइल तस्बिर


नेपालखबर
चैत ८, २०८० बिहिबार १८:३७, काठमाडौँ

धरानमा २१ वर्षीया सुमना श्रेष्ठको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

धरान उपमहानरपालिका-१८ मा बुधबार दिउँसो २१ वर्षीया सुमनाको शव घाँटी रेटिएको अवस्थामा भेटिएको थियो।

उक्त हत्या प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले एकजना युवकलाई धनकुटाबाट बिहीबार पक्राउ गरेको हो।

पक्राउ परेका भुजेल थरका ती युवकले सुमनाको हत्या गरेको स्वीकारेको एकजना प्रहरी अधिकारीले बताए। 

उनका अनुसार सुमनाले आफूलाई धोका दिएका कारण हत्यासम्म गर्नु परेको बयान प्रहरीमा दिएका छन्। 

प्रहरीले उनलाई शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको छ।

सुमनाको शव घाँटी रेटिएको अवस्थामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा र डिपोट स्कुलबीचमा भेटिएको थियो।

उनको बिहीबार दाहसंस्कार गरिएको छ। श्रेष्ठको इसाइ परम्पराअनुसार दाहसंस्कार गरिएको हो।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमपछि इसाइ धार्मिक विधिअनुसार बिहीबार सुमनाको दाहसंस्कार गरिएको हो।

बाख्रा चराउन गएका स्थानीयबासीले बुधबार दिउँसो २ बजेतिर सुमनाको शव भुइँमा लडेको देखेपछि प्रहरी बोलाएका थिए। 

उनको घाँटीमा गहिरो चोट थियो। घटनास्थलको केही परबाट प्रहरीले खुकुरी पनि बरामद गरेको थियो। 

खोल्सामा घोप्टो अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .