समाज


न्यायपरिषद् बैठक : जिल्ला न्यायाधीशमा १० जना सिफारिस

न्यायपरिषद् बैठक : जिल्ला न्यायाधीशमा १० जना सिफारिस

फाइल तस्बिर


नेपालखबर
चैत २२, २०८० बिहिबार १९:३, काठमाडौँ

न्याय परिषद्ले जिल्ला अदालतमा १० जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ। 

न्यायाधीश नियुक्तिको मुख्य एजेन्डासहित बिहीबार दिउँसो बसेको न्याय परिषद्को बैठकले यो निर्णय गरेको हो। 

न्यायपरिषद्ले जिल्ला न्यायाधीशमा नियुक्तिका लागि अर्जुनप्रसाद कोइराला, नरेन्द्रबहादुर बुढा, जीवनकुमार भण्डारी, मुकुन्द आचार्य, विमला रेग्मी, पुष्पराजा पाण्डे, शिवबहादुर थापा, महेन्द्रबहादुर कार्की, दीपक घिमिरे, फणेश्वरी घिमिरेको नाम सिफारिस गरेको हो। 

अब प्रधानन्यायाधीशले नियुक्ति दिनेछन्। 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी पदम गिरीले सम्हालेपछि न्यायपरिषद् बैठक पहिलोपटक बसेको हो।

न्यायपरिषद् सचिवालयले यसअघि नै न्यायाधीश नियुक्तिकालाई आवश्यक छलफल र परामर्श पनि गरेको थियो।

सरकारी वकिल समूहबाट २ जनाले अवसर पाएका छन्। यीमध्ये अर्जुनप्रसाद कोइराला जिल्ला सरकारी वकिल कार्यालय, दोलखाका जिल्ला न्यायाधिवक्ता हुन्। महान्यायाधिवक्ता कार्यालयमा कार्यरत उपन्यायाधिवक्ता विमला रेग्मी पनि जिल्ला न्यायाधीश सिफारिसमा परेकी छन्। 

कानुन अधिकृतबाट एकजनाले मात्र न्यायाधीश बन्ने अवसर पाएका छन्। ऊर्जा मन्त्रालयका उपसचिव दीपक घिमिरे न्यायाधीश सिफारिसमा परेका हुन्।

बाँकी सबै अदालतमा कार्यरत न्याय सेवाका अधिकृत हुन्।

नरेन्द्रबहादुर बुढा सर्वोच्च अदालतकै इजलास अधिकृत हुन्। जीवनकुमार भण्डारी उच्च अदालत विराटनगरको इलाम इजलासमा रजिस्ट्रार छन्। 

मुकुन्द आचार्य उच्च अदालत, पोखराको बाग्लुङ इजलासका रजिस्ट्रार हुन्। पुष्पराज पाण्डे बाजुरा जिल्ला अदालतका स्रेस्तेदार हुन्।

यस्तै शिवबहादुर थापा पाल्पा जिल्ला अदालतका स्रेस्तेदार, महेन्द्रबहादुर कार्की सर्वोच्च अदालतका उपरजिस्ट्रार र फणेश्वरी घिमिरे सर्वोच्च अदालतकै इजलास अधिकृत हुन्। 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .