समाज


प्रहरी मुख्यालयले भन्यो- भिक्षुमाथि दुर्व्यवहार गर्नेमाथि विभागीय कारबाही

प्रहरी मुख्यालयले भन्यो- भिक्षुमाथि दुर्व्यवहार गर्नेमाथि विभागीय कारबाही

नेपालखबर
चैत २५, २०८० आइतबार २३:२१, काठमाडौँ

काठमाडौँको भद्रकाली क्षेत्रमा भएको प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले एक भिक्षुमाथि गरेको लात्ती प्रहारको घटनामा संलग्नमाथि विभागीय कारबाहीको प्रक्रिया अघि बढेको छ।

प्रहरी प्रधान कार्यालयले आज एक सूचना जारी गरी उक्त घटनालाई लिएर ध्यानाकर्षण भएको जनाउँदै संलग्न प्रहरी कर्मचारीउपर विभागीय कारबाहीको प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएको छ।

साथै यस्ता घटना पुनरावृत्त हुन नदिन सचेत रहेको पनि प्रहरी प्रस्टीकरणमा उल्लेख छ।

शनिबार राजेन्द्र महतो नेतृत्वको एक समूहले भद्रकाली क्षेत्रमा प्रदर्शन गरेको थियो। प्रशासनले त्यस क्षेत्रलाई प्रदर्शन निषेधित घोषणा गरेको छ। 

एक भिक्षु भेषका व्यक्तिलाई प्रहरीले लात्ती प्रहार गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी आलोचित बनेको थियो।

हेर्नुहोस् भिडिओ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad