ad ad

समाज


नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई पक्राउ

नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुई पक्राउ

नेपालखबर
बैशाख ३, २०८१ सोमबार २१:५४, काठमाडौँ

नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाएको आरोपमा दुईजनालाई पक्राउ गरेको छ। प्रहरीको मानव बेचविखन अनुसन्धान ब्यूरोले काठमाडौँको चाबहिलमा रहेको फ्रेन्डसिप ब्युटी एन्ड स्पामा ललाईफकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने दुईजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा झापाकी ३४ वर्षीया पूजा लोवा र चितवनकी ४३ वर्षीय ओमकुमारी पुन छन्।

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गौतम मिश्रले आर्थिक अवस्था कमजोर भएकी नाबालिकालाई रेस्टुराँ तथा स्पालगायत स्थानमा आकर्षक तलब सुविधा हुने काममा लगाइदिने प्रलोभनमा पारेर वेश्यावृत्तिमा लगाएकाले उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

‘सुरुमा नाबालिकालाई वेटरको काममा लगाइदिने भनी ओमकुमारी पुनले पूर्वी नवलपरासीको एक रेस्टुराँमा पठाई सञ्चालकले ललाईफकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको अनुसन्धानमा खुलेको छ,’ उनले भने।

पक्राउ परेकामध्ये लोवाले नाबालिकालाई काठमाडौँ ल्याएर विभिन्न प्रलोभनमा पारेर जबर्जस्ती ग्राहकसँग सम्पर्क राख्न लगाई वेश्यावृत्तिमा लगाएको प्रहरीले जनाएको छ।

उनीहरुले पीडित नाबालिकालाई ग्राहकको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसमा पठाओ प्रयोग गरी पठाई वेश्यावृत्तिमा लगाउने गरेको अनुसन्धानमा खुलेको प्रवक्ता मिश्रले बताए।

पक्राउ परेका दुवैजनालाई मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको ब्यूरोले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .