ad ad

समाज


डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

अर्याल र गुरुङ डीआईजीमा
डीआईजीद्वय ढकाल र जोशी एआईजीमा बढुवा सिफारिस

नेपालखबर
बैशाख ४, २०८१ मंगलबार ८:४६, काठमाडौँ

दुईजना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। 

जनपद प्रहरी समूहतर्फका डीआईजीद्वय भीमप्रसाद ढकाल र उमेशराज जोशी एआईजीमा बढुवाका लागि सिफारिस भएका हुन्। 

एआईजीद्वय मीरा चाैधरी र सन्दीप भण्डारी यही साता अवकाशमा जाने भएपछि उक्त स्थानमा जाेशी र ढकाललाई बढुवा सिफारिस गरिएकाे हाे। जाेशी आईजीपी वसन्त बहादुर कुँवर र ढकाल एआईजी दीपक थापाका ब्याची हुन्।

त्यस्तै प्राविधिक समूह अन्तर्गत इन्जिनियरिङ उपसमूहका  प्रहरी वरिष्ठ उपरीक्षक नवीन्द्र अर्याल र प्राविधिक समूहकै केनाइल उपसमूहका डाक्टर देउती गुरुङलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरीको बढुवा समितिले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .