समाज


काठमाडौँको शंखपार्कमा एक युवक मृत भेटिए, डीएसपीको टोली घटनास्थलमा

काठमाडौँको शंखपार्कमा एक युवक मृत भेटिए, डीएसपीको टोली घटनास्थलमा

नेपालखबर
बैशाख २४, २०८१ सोमबार १०:५, काठमाडौँ

काठमाडौँ महानगरपालिका-४ स्थित शंखपार्कमा सोमबार बिहान एक युवक मृत भेटिएका छन्।

शंखपार्कको गेट बाहिर करिब ३० वर्षका युवकका शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए।

‘म अहिले घटनास्थलमै छु, थप अनुसन्धान हुँदैछ,’ उनले भने, ‘मृतकको पहिचान भएको छैन।’

स्थानीयले भने ती युवक कवाडी सामान उठाउने कामदार भएको बताएका छन्। 

युवकको मृत्यु कसरी भयो खुल्न बाँकी रहेको डीएसपी थापाले बताए। प्रहरीले घटनास्थलबाट शव परीक्षणको लागि अस्पताल लैजाने तयारी गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .