काठमाडौँ महानगरपालिका-६, कपन भृकुटी चोकमा मोटरसाइकल र स्कुटर ठोक्ँिकदा घाइते भएका युवकको मृत्यु भएको छ।
गए राति कपनमा प्र.३-०२-०२१ प ३५६२ नम्बरको मोटरसाइकल र बा. ८७ प ६३४७ नम्बरको स्कुटर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा स्कुटर चालक बुढानिलकण्ठको चुनीलेखमा बस्दै आएका संखुवासभाको मकालु गाउँपालिकाका २७ वर्षीय कुसाङ शेर्पा घाइते भएका थिए।
उनलाई उपचारका लागि चाबहिलस्थित हेल्पिङ ह्यान्डस अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी परिसर, काठमाडौँले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक पनि घाइते भएका छन्। उनको धुम्बराहीस्थित हेम्स अस्पतालमा उपचार भइरहेको अस्पतालले जनाएको छ।
888
Shares

प्रतिक्रिया