समाज


सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या

सप्तरीमा बैंकका सुरक्षा गार्डको हत्या

नेपालखबर
बैशाख २७, २०८१ बिहिबार १४:४७, काठमाडौँ

सप्तरीमा नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।

सप्तकोशी नगरपालिका १ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्डको बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डिराज न्यौपानेले बताए।

फत्तेपुर  २ का ५५ वर्षीय परशुराम फुँयालको खुकुरी प्रहारबाट हत्या भएको डीएसपी न्यौपानेले बताए।

घटनाबारे थाहा पाएपछि अहिले अनुसन्धानका लागि त्यहाँ पुगेको न्यौपानेले बताए।

सुरक्षा गार्ड फुयाँल राति ड्युटीमा थिए। हत्या कसले र किन ग¥यो भन्ने खुलिसकेको छैन। थप अनुसन्धान गरिरहेको सप्तरी प्रहरीले जनाएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .