नवलपरासीको सुस्तामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।
दुर्घटनामा एकजना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।
सुस्ता गाउँपालिका ३ बिगेट स्थित भित्री सडकखण्डमा कुडियाबाट रतनगंजतर्फ जाँदै गरेको लु ३ त २८४ नं. को ट्याक्टर आफैं अनियन्त्रित भई बाटोको छेउमा पल्टिएको हो।
दुर्घटनामा सुस्ता गाउँपालिका ५ तरेनी बस्ने सुरेन्द्र कंकरको छोरा नर्ष अन्दाजी १३ को गोलु भन्ने रोहित कंकरको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, सुस्ता गाउँपालिका–४ नर्सही बस्ने अन्दाजी वर्ष २१ को सुकई मल्लाह गम्भीर घाइते छन्।
घाइतेलाई उपचारको लागि जिल्ला अस्पताल परासीतर्फ पठाइएकोमा कंकरको उपचारकै क्रममा डाक्टरले मृत घोषणा गरेका थिए।
घाइते मल्लाहलाई थप उपचारको लागि भैरहवा मेडिकल कलेज भैरहवा रुपन्देहीतर्फ रिफर गरिएको छ।
54
Shares
प्रतिक्रिया