ad ad

समाज


आज मौसम : दिनमा कस्तो, राति कस्तो?

आज मौसम : दिनमा कस्तो, राति कस्तो?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
जेठ ११, २०८१ शुक्रबार ६:५६, काठमाडौँ

आज (शुक्रबार) विशेषगरी पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) हुनेछ भने देशका बाँकी स्थानमा आंशिक बदली (पातलो बादल) देखि मौसम मुख्यतया सफा (लगभग आकाश खुला) रहने सम्भावना छ। 

यस क्रममा दिउँसो पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा (१० मिलिमिटरभन्दा कम) हुने सम्भावना छ। 

साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

यसैगरी राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ। 

यस क्रममा राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा एक/दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 

मौसमविद्का अनुसार हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बिहारआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .