कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन्।
जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको जानकारी दिए।
जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिनको म्याद थप माग गरे पनि अदालतले ३ दिनका लागि मात्र म्याद थपेको छ।
सिरोहियालाई गत मंगलबार प्रहरीले काठमाडौंबाट पक्राउ गरी धनुषा लगेर नागरिकतासम्बन्धी उजुरीको आधारमा अनुसन्धान गरिरहेको छ।
यसअघि बुधबार पनि ३ दिन नै म्याद थप भएको थियो। यसअघि उनले प्रहरीलाई ३ घण्टा लामो बयान दिएका थिए।
कैलाश सिरोहियालाई दोस्रोपटक अदालतमा पेस
सिरोहिया छुटाउन शम्भु थापासहित १२ अधिवक्ता बहस गर्दै
सरकारी वकिल कार्यालयमा दुई घण्टादेखि सिरोहियाको बयान
सिरोहियालाई आज पुनः अदालत लगिँदै
के हो कैलाश सिरोहियाको नागरिकता विवाद? कानुन व्यवसायीले प्रस्ट्याएका १० बुँदा
सिरोहियालाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
कैलाश सिरोहियालाई लगियो अदालत
474
Shares

प्रतिक्रिया