ad ad

समाज


टोखामा आगलागीमा परी २१ वर्षीय युवकको मृत्यु

टोखामा आगलागीमा परी २१ वर्षीय युवकको मृत्यु

नेपालखबर
जेठ १४, २०८१ सोमबार १४:५६, काठमाडौँ

काठमाडौंको टोखा नगरपालिका १० बानियाँटार हाइटमा आगलागीमा परी २१ वर्षीय युवकको ज्यान गएको छ।

खेम नारायण चालिसेको घरमा भाडामा बस्ने दोलखा कालिञ्चोक गाउँपालिका २ घर भएका २१ वर्षीय किरण बुढाथोकीको आगलागीमा जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

किरणको कोठामा गएराति आगलागी हुँदा जलेर गम्भीर घाइते भएका थिए।

उनको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो। साथै आगलागीबाट करिब १५ लाख रूपैयाँ बराबरको धनमाल क्षति भएको छ।

आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .