समाज


दरबारमार्गमा खुल्यो चिनियाँ भिसा आवेदन केन्द्र, कसरी लिने सुविधा?

दरबारमार्गमा खुल्यो चिनियाँ भिसा आवेदन केन्द्र, कसरी लिने सुविधा?

नेपालखबर
फागुन १२, २०७६ सोमबार ७:३५,

चिनियाँ भिसा आवेदन केन्द्र स्थापना काठमाडौंमा स्थापना भएको छ। नेपालका लागि चिनियाँ राजदुत होउ यान्छी र अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले दरवारमार्गस्थित राइजिङ मलमा सोमबार ९२औँ भिसा आवेदन केन्द्रको संयुक्त उद्घाटन गरेका हुन्।

उक्त केन्द्र सी.आई.आई.सी नेपाल प्रा.लि नामबाट कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएको छ। चीनको भिसा आवेदन गर्न चाहने नेपालीले अब चिनियाँ दुतावास नभई उक्त केन्द्रमा जानुपर्नेछ। त्यहाँ भिसा आवेदन दिएपछि केन्द्रले आवेदकका सबै कागजपत्र जाँच गरी आफैँले दूतावासबाट स्वीकृति गरेर ल्याउनेछ।

china visa center 4

भिसा आवेदन अनलाइनबाट पनि भर्न सकिने केन्द्रले जानकारी दिएको छ। दरबारमार्गमा रहेको राइजिङ मलमा प्रत्येक साता सोमबारदेखि शुक्रबार बिहान ९ देखि ३ बजेसम्म सेवा पाइने केन्द्रले जनाएको छ।

यसअघि दूतावासमा बिहान ११ बजेसम्म मात्रै आवेदन दिन पाइने व्यवस्था थियो।

china visa center 5

दूतावासको कन्सुलर प्रमुख ली मिनले सेवामा हुने अवरोध हटाउन सेन्टर स्थापना गरिएको दाबी गरेकी छन्। ‘दुई देशबीच यात्राको लागि सहज, छिटो र व्यवस्थित सुविधाको लागि भिसा केन्द्रको स्थापना गरिएको हो’, उनले भनिन्।

दूतावासमा कम जनशक्ति र पर्याप्त स्थान अभावको कारण छुट्टै भिसा केन्द्र आवश्यक भएको दूतावासको दाबी छ।

china visa center 6

केन्द्रको स्थापनासँगै बढ्यो शुल्क
भिसा शुल्कसँगै थप सेवा शुल्क लिने नीतिका कारण चीन जाने व्यवसायी, पर्यटक र विद्यार्थीले अब बढी शुल्क तिर्नुपर्ने भएको छ।

चिनियाँ दूतावासले यसअघि एक जना नेपालीसँग ‘नियमित’ शुल्कअन्तर्गत ४ दिनभित्र भिसा पाउन २ हजार २ सय रुपैयाँ लिँदै आएको थियो।

china visa center 9

अब त्यसमा थप ३ हजार ९ सय सेवा शुल्कबापत तिर्नुपर्ने हुन्छ। त्यस्तै एक्स्प्रेस २ मा थप ५ हजार ६ सय ५० र एक्स्प्रेस १ मा ७ हजार ८ सय थप सेवा शुल्क लाग्ने भएको छ।

china visa center 8
सबै तस्बिरः प्रविन काेइराला/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad