राष्ट्रिय सूचना आयोगले सार्वजनिक सरोकारको सूचना माग्दा पक्राउ परेकाहरूबारे यथार्थ जानकारी दिन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको छ।
सार्वजनिक निकायमा सूचना माग गरेका कारण बौद्ध प्रहरीले सूचनाको हकको लागि राष्ट्रिय महासंघ जिल्ला कार्य समिति काठमाडौंका कार्य समिति सदस्य अस्मिता खत्री, महासंघकै गोकर्णेश्वर नगरपालिका नगर समिति संयोजक आदेश क्षत्री र सूचनाको हकका अभियन्ता राजु सुनारलाई पक्राउ गरी हिरासतमा लिएको थियो।
आयोगले यसबारे ध्यानाकर्षण भएको भन्दै आवश्यक छानविन गरी गराई यथार्थ जानकारी पठाउन जिल्ला प्रशासन कार्यालयलाई पत्र काटेको हो।
भ्रष्टाचारविरोधी अभियन्ता बताउने चारजना ठगी आरोपमा पक्राउ |

198
Shares

प्रतिक्रिया