समाज


दिल्ली हिंसाः बच्चाको लागि दूध लिन गएका इरफान लास बनेर फर्किए

दिल्ली हिंसाः बच्चाको लागि दूध लिन गएका इरफान लास बनेर फर्किए

नेपालखबर
फागुन १८, २०७६ आइतबार ७:२८,

आफ्नो बच्चाको लागि दूध लिन घरबाहिर निस्किएका २७ वर्षीय मोहम्मद इरफानको बुधबार हिंस्रक भीडले हत्या गरेको थियो। हत्याको तीन दिनपछि उनको लाश जाफराबाद ल्याइएको छ।

हिंसा भड्किने भएपछि प्रहरीले इरफानको परिवारलाई शव करतार नगर आफ्नो घरमा नलग्न भनेपछि उनको शव जाफराबाद लगिएको हो।

परिवारका अनुसार इरफानको शवलाई स्नान गराएर नमाज गरेपछि उनको शव साँझ ५ बजे पुरिनेछ।

उनको शव वरपर मानिसहरु मौन छन्। एक व्यक्ति उनको तस्बिर लिन खोज्दै भन्छन्,‘उनीमाथि तरबार आक्रमण भएको रहेछ।’

एक महिलाले भनिन्,‘२६ फेब्रुअरी साँझ उनी आफ्नो बच्चाको लागि दूध लिन बाहिर निस्किएका थिए। त्यसबेला इरफानको हत्या भएको थियो। राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले उनका परिवारसँग भेटेर डराउनु नपर्ने आश्वासन दिएको उनले सुनाइन्।’

दिल्ली दंगा

बहिनीको विवाहका लागि ऋण लिइसकेका इरफानले आफ्नो बहिनीको विवाह कहिले नदेख्ने त्यहाँका मानिसहरुले बताएको सुनिन्छ। इरफान दैनिक मजदुरी गरेर परिवारको गुजारा चलाउँथे।

छिमेकी नबि मिराज भन्छन्,‘गत बुधबार घरबाट करिब ३ सयमिटर टाढा उनी बेहोस भेटिएका थिए। शरीर किच्याइएको थियो, शिर फुटेको थियो।

उनलाई नजिकैको परवेश अस्पतालपछि जीटीबी अस्पताल भर्ना गरियो जहाँ उनलाई मृत घोषणा गरिएको थियो।

दिल्ली दंगा

नागरिकताविरुद्धको आन्दोलन साम्प्रदायिक हिंसामा परिणत

अधिकारीहरुका अनुसार नयाँदिल्लीमा केही दिनदेखि जारी हिंसात्मक झडपका ४२ जनाको मृत्यु भइसकेको छ। स्वास्थ्य अधिकारीहरूका अनुसार झण्डै ३५० भन्दा बढी घाइते भएका छन्।

मोदी सरकारले सन् २०१९ को डिसेम्बर ११ मा विवादास्पद नयाँ नागरिकता कानून राज्यसभाबाट पारित गराएसँगै यसको पक्ष र विपक्षमा भारतीय जनमत बाँडिएको छ। नयाँ नागरिकता कानुनले खासगरी भारतीय मुस्लिम समुदायलाई चिढ्याएको छ।

उक्त कानुन मुसलमान विरोधी भएको भनेर त्यहाँ प्रदर्शन भइरहेको हो। छिमेकी मूलुकका गैरमुस्लिम नागरिकलाई मात्र नागरिकता दिने भनेर नयाँ कानूनले बताएपछि हिंसा जारी छ।

यसैहप्ताको सोमबारदेखि दिल्लीको हिंसा साम्प्रदायिक हिंसामा परिणत भएको विश्लेषण भइरहेको छ।

मुसलमान र हिन्दुवादीको भीड एकआपसमा झडपमा उत्रिनुका साथै हिन्दुवादी भीडले मुसलमानको घरहरु जलाएका घटनाहरुको समाचारहरु पनि सार्वजनिक भइरहेका छन्।

सोही साम्प्रदायिक हिंसाको शिकार इरफान बनेका हुन्। इरफान मुस्लिम समुदायका युवक हुन्।

सोमबारदेखि हिन्दुवादी र मुसलमान समुदायबीच झडपका श्रृंखला बढेको थियो। सोही समयमा घर बाहिर निस्कँदा इरफानको हत्या भयो। सरकारले हिंसा नमच्चाउन आग्रह गर्दै आएको छ। बीबीसीहिन्दी

दिल्ली हिंसा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad