पश्चिम नवलपरासीमा २० वर्षीय युवकको घाँटी काटिएको अवस्थामा शव फेला परेको छ। पल्हिनन्दन गाउँपालिका–५ हर्दी बस्ने २० वर्षीय रोशन कुमार बढई भन्ने सुर्य कुमार बढईको शव फेला परेको प्रहरीले जनाएको छ।
उनको आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले विज्ञप्तिमार्फत जानकारी गराएको छ।
उनको शव घाँटी काटिएको अवस्थामा फेला परेकोले जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिम समेतबाट प्रहरी टोली खटिएको थियो।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
171
Shares

प्रतिक्रिया