वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले बाघको संरक्षण गर्न सहज नभएको बताएका छन्।
सोमवार विश्व बाघ दिवस– २०२४ को अवसरमा आयोजित कार्यक्रममा बोल्दै वन मन्त्री ठकुरीले यस्तो बताएका हुन्। नेपालमा बाघको संरक्षण सजिलो नभएको र बाघको संरक्षण गर्न ठूलो घाँसे मैदान,पानी,वन पर्याप्त आहार आवश्यक पर्ने बताए। उनले बाघ बढाउन वा संरक्षण गर्न जरायो, मृग,चौंरी गाई,बँदेल जस्ता आहार प्रजातीको संख्या बढ्नुपर्ने बताए।
उनले बाघको आहार प्रजातीका वन्यजन्तु संरक्षणमा प्राप्त वन र पानीको आवश्यकता हुने तर नेपालमा प्राप्त नभएको बताए। उनले सरकारले सबै कार्यलाई निरन्तरता दिन वन्यजन्तुको वासस्थान व्यवस्थापन,चोरी, शिकारी नियन्त्रण, भौतिक पूर्वाधार विकासको वातावरणीय नियमन अध्ययन अनुसन्धान आवश्यक रहेको बताए। उनले बाघ संरक्षणको लागि सरकारले ठूलो लागत व्यहोर्नुपरेको बताए।
उनले जनताले जीवन आपनका त्याग गरेर मुलुकले भौतिक पूर्वाधारको विकासमा समेत नियन्त्रण गरेर भएपनि बाघ संरक्षण लगायत जैविक विविधता संरक्षण गर्दै आएको उल्लेख गरे।
उनले भने, ‘बाघको संरक्षण सजिलो छैन। ठूलो घासे मैदान,पानी वन पर्याप्त आहार आवश्यक पर्छ। बाध बढाउन वा संरक्षण गर्न जरायो, मृग,चौँरी गाई,बँदेल जस्ता आहार प्रजातिको संख्या बढ्नुपर्ने हुन्छ। यी सबै कार्यलाई निरन्तरता दिन वन्यजन्तुको वासस्थान व्यवस्थापन,चोरी शिकारी नियन्त्रण,भौतिक पूर्वाधार विकासको वातावरणीय नियमन अध्ययन अनुसन्धान आवश्यक छ। जसका लागि नेपाल सरकारले लागत व्यहोर्नुपरेको छ। जनताले जीवनयापनका त्याग गरेर मुलुकले भौतिक पूर्वाधारको विकासमा समेत नियन्त्रण गरेर भएपनि बाघ संरक्षण लगायत जैविक विविधता संरक्षण गर्दै आएको छ।’
उनले नेपालले बाघ संरक्षणमा विश्वसामु देखाएको उत्कृष्ट नमूना सबैले प्रशंसा गरेको बताए। उनले संयुक्त राष्ट्र संघले पारिस्थितिय प्रणालीको पुनस्थापना दशकका सन्दर्भमा विश्वका सात भू–भागहरु छनोट गर्दा नेपालको तराई भूपरिधिलाई समेत छनोट गरेको बताए।
Shares

प्रतिक्रिया