समाज


‘चीनमा उइगर समुदायलाई धम्की दिएर काम गर्न बाध्य पारिन्छ’

‘चीनमा उइगर समुदायलाई धम्की दिएर काम गर्न बाध्य पारिन्छ’

नेपालखबर
फागुन १९, २०७६ सोमबार १०:४४,

उइगर चीनको अल्पसंख्यक मुस्लिम समुदाय हुन्। उनीहरुलाई डर र धम्की दिएर काम गर्न लगाइने अस्ट्रेलियन स्ट्राटेजिक पोलिसि इन्स्टिच्युटले जनाएको छ।

इन्स्टिच्युटको अनुसन्धानअनुसार चीनले दश लाखभन्दा बढी उइगरलाई नियन्त्रणमा लिएर कैदीका रुपमा क्याम्पमा राखेका छन्।

चीनले भने अतिवादी गतिविधि नियन्त्रण गर्न त्यस्ता क्याम्पहरु खडा गरेको बताउने गरेको छ।

अस्ट्रेलियाको अनुसन्धानअनुसार सन् २०१७ देखि २०१९ सम्म ८० हजार उइगर समुदायका मानिसहरुलाई सियानजियाङको क्याम्पदेखि चीनका विभिन्न कारखानामा काम गर्न बाध्य पारियो।

The outside of the Qingdao Taekwang Shoes Co. factory, where Uighur workers make shoes

तेकवाङ कारखानामा उइगरलाई काममा खटाइएको छ।

उइगरलाई सियानजियाङ सहायता कार्यक्रममार्फत् काममा खटाइएको चीनले बताउने गरेको छ। यद्यपी उनीहरुलाई धम्की दिएर काममा लगाइएको अनुसन्धानको ठहर छ।

उइगरहरुले विश्वचर्चित विदेशी ब्राण्ड नाइक, एप्पल र डेलमा काम गर्ने गरेका छन्।

कार्यस्थलबाट उनीहरुलाई कतै जान नदिने गरेको पाइएको अनुसन्धानमा भनिएको छ। कार्यस्थल पनि उइगरको लागि जेलजस्तो भएको जनाइएको छ। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad