समाज


बागलुङ पहिरोका घाइते लिन गएको हेलिकोप्टर बीचबाटै फर्कियो

बागलुङ पहिरोका घाइते लिन गएको हेलिकोप्टर बीचबाटै फर्कियो

दर्लिङखोलामा आएको बाढी


नेपालखबर
साउन २२, २०८१ मंगलबार १७:५६, काठमाडौँ

बागलुङको बडिगाड गाउँपालिका–९ र १० मा गएको पहिरोमा परेर घाइते भएकाको उद्धारका लागि लगिएको हेलिकोप्टर बीच बाटोबाटै फर्किएको छ। 

मंगलबार दर्लिङखोलामा गएको पहिरोमा परेर दुई वडाका ८ जनाले ज्यान गुमाएका छन् भने ४ जना गम्भीर घाइते भएका छन्। 

घाइतेलाई उपचारका अस्पताल ल्याउन प्रशासन र स्थानीय जनप्रतिनिधिको प्रयासमा हेलिकोप्टर पठाइएको थियो। 

तर, लेकखानी भन्ने ठाउँबाट हेलिकोप्टर जान नसकेपछि फर्किएको प्रदेश सांसद जितबहादुर शेरचनले जानकारी दिए। 

उनका अनुसार मृत्यु भएकामध्ये दुई वटा शव पोस्टमार्टमका लागि बुर्तिबाङ पुर्‍याइएको छ। बाँकी शवहरू घटनास्थलमै छन्। 

मृत्यु हुनेमा बडिगाड गाउँपालिका–९ मा १५ वर्षीय विधान परियार र २४ वर्षीय गंगा बस्नेत छन्।

त्यस्तै, वडा नं १० मा ७ वर्षका जुम्ल्याहा मालती बुढा र मधु बुढा, १३ वर्षका मनोज बुढा र १२ वर्षका अमन बुढा, सञ्जु विककी ६ वर्षीया छोरी, ५९ वर्षीया मैतीदेवी विकको मृत्यु भएको छ।

पहिरोमा परेर घाइते हुनेहरूमा ४६ वर्षीया संगीता बुढा, ५९ वर्षीया सुमित्रा विक, ३२ वर्षकी सीता थापा र ४२ वर्षीय मंगलसिंह बुढा घाइते छन्। 

घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad