समाज


डेंगी संक्रमणबाट २ जनाको मृत्यु

डेंगी संक्रमणबाट २ जनाको मृत्यु

फाइल तस्बिर


नेपालखबर
साउन २८, २०८१ सोमबार ७:५५, काठमाडौँ

झापा र तनहुँमा डेंगी संक्रमणबाट २ जनाको मृत्यु भएको छ। 

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका अनुसार डेंगी संक्रमणबाट  झापामा एक महिला र तनहुँमा एक पुरुषको मृत्यु भएको हो। 

महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले केही दिनअघि डेंगी संक्रमणबाट झापामा ४० वर्षीया महिलाको मृत्यु भएको जानकारी दिए। त्यसअघि तनहुँको दमौलीका ५० वर्षीय पुरुषको पनि डंगी संक्रमणबाट मृत्यु भएको पुष्टि भएको छ।

गत पुसदेखि हालसम्म देशभर दुई हजार तीन सय भन्दा धेरैमा डेंगी संक्रमण पुष्टि भइसकेको छ। नेपालका ७३ जिल्लामा डेंगी संक्रमण फैलिएको महाशाखाले जनाएको छ।

काठमाडौँ उपत्यकामा मात्रै दुई सय ८७ जनामा डेंगी संक्रमण देखिएको छ। गत वर्ष नेपालमा डेंगी संक्रमणबाट २० जनाको मृत्यु भएको थियो।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका वरिष्ठ चिकित्सक डा.शेरबहादुर पुनले नेपालमा डेंगी संक्रमण चुनौतिपूर्ण बन्दै गएको बताए। 

‘मेरो सम्झानाअनुसार १४ वर्षअघिसम्म डेंगी संक्रमण देशका दुई दर्जन जति जिल्लामा मात्रै फैलिएको थियो,’ उनले नेपालखबरसँग भने, ‘अहिले डेंगीको संक्रमण देशका सबैजसो जिल्लामा फैलिइसकेको छ।’

पुनका अनुसार केही वर्षअघिसम्म वर्षका दुई तीन महिना मात्रै डेंगी संक्रमण फैलिने गरेको थियो। तर, अहिले बाह्रै महिना डेंगीको जोखिम देखिने गरेको छ। ‘डेंगी हाम्रो लागि चुनौतिपूर्ण बन्न थालेको छ,’ पुनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad