समाज


काठमाडौंभित्रका सहकारीलाई अद्यावधिक विवरण पेस गर्न महानगरको निर्देशन

काठमाडौंभित्रका सहकारीलाई अद्यावधिक विवरण पेस गर्न महानगरको निर्देशन

नेपालखबर
भदौ २, २०८१ आइतबार २०:५, काठमाडौँ

काठमाडौं महानगरपालिकाले महानगरभित्रका सहकारीहरूलाई तीन महिनाभित्र अद्यावधिक विवरण पेश गर्न निर्देशन दिएको छ।

आइतबार सूचना प्रकाशित गरी महानगरको सहकारी विभागले सबै सहकारी संस्था लिमिटेडका नाममा यस्तो निर्देशन जारी गरेको हो।

काठमाडौं महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (५२) बमोजिम आर्थिक वर्ष २०८०/०८१ समाप्त भएको तीन महिनाभित्र दर्ता गर्ने अधिकारी समक्ष पेश गर्नुपर्ने व्यवस्था भए अनुसार महानगरपालिकाको क्षेत्राधिकारमा रहेका सम्पूर्ण सहकारी संस्थालाई अद्यावधिक विवरण पेस गर्न भनिएको छ।

विवरणमा कारोबारको चौमासिक र वार्षिक प्रतिवेदन तथा लेखा परीक्षण प्रतिवेदन, वार्षिक कार्यक्रम नीति तथा योजना, खुद बचत सम्बन्धि नीति तथा योजना, सञ्चालकको नाम तथा बाँकी कार्यावधिको सूची, साधारण सभाको बैठक सम्बन्धि जानकारी, सेयर सदस्य संख्या र सेयर पुँजी, कुल बचत तथा कर्जाको विवरण, सञ्चालक वा सदस्यले लिएको ऋण तिर्न बाँकी रहेको रकम र बचत फिर्ता माग गर्ने बचतकर्ताहरुको विवरण उल्लेख गर्न भनिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad