समाज


राष्ट्रपतिद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

राष्ट्रपतिद्वारा पाटनस्थित कृष्ण मन्दिरको दर्शन

नेपालखबर
भदौ १०, २०८१ सोमबार १६:५६, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुरको पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन्।

सोमबार अपरान्ह राष्ट्रपति पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका हुन्। सो अवसरमा उनले कृष्ण मन्दिरभित्र भगवान श्रीकृष्णको पूजा आराधना र प्रसाद ग्रहणसमेत गरे। 

आज श्रीकृष्ण जन्माष्टमीको अवसरमा पूजा आराधनाका लागि बिहानैदेखि कृष्ण मन्दिरमा भक्तजनको घुँइचो लाग्ने गर्छ। हिन्दु धर्मका अनुसार द्वापर युगमा भाद्र कृष्णअष्टमीलाई कृष्ण जन्माष्टमी पर्वका रूपमा मानिन्छ।

भाद्र कृष्ण अष्टमीकै दिन भगवान श्रीकृष्णको जन्म भएको विश्वासमा कृष्ण जन्माष्टमी पर्व मनाउने चलन छ।

किंवदन्तीअनुसार महादेव मन्दिर बनाउन राखिएको जग्गामा सपनामा भगवान श्रीकृष्णले मन्दिर बनाउन भनेपछि राजा सिद्धिनरसिंहले खन्न लगाउँदा जमीनमुनि कृष्णको मन्दिर फेला परेको थियो।

त्यसपछि तल कृष्ण र माथि शिव मन्दिर स्थापना गरिएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad