समाज


शुक्रबार अवकाश हुने सशस्त्रका दुई डीआईजीको सरुवा, १५ एसएसपी पनि फेरिए

शुक्रबार अवकाश हुने सशस्त्रका दुई डीआईजीको सरुवा, १५ एसएसपी पनि फेरिए

नेपालखबर
भदौ १३, २०८१ बिहिबार १३:३१, काठमाडौँ

सशस्त्र प्रहरी बलबाट शुक्रबार बिदा हुन लागेका दुई जना सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गरिएको छ। आइतबार ३० वर्षे हटाएर जागिर लम्ब्याउन सर्वोच्च पुगेका डीआईजी अभिकुमार खत्री र दुर्गाप्रसाद भट्टराईलाई सरुवा गरिएको हो।

उनीहरूको पक्षमा सर्वोच्चबाट पनि आदेश नआएपछि अवकाश पक्का भएको छ। 

आगामी आइतबारदेखि अवकाश् हुने भएपनि शनिबार बिदा भएकाले उनीहरू शुक्रबार नै बिदा हुन लागेका हुन्। सरकार र सशस्त्र प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाउँदै सर्वोच्च पुगेका उनीहरूलाई गृहमन्त्री स्तरीय निर्णयबाट साउन ३२ गते नै सरुवाको निर्णय भएको भनिएको छ। 

तर, सशस्त्र प्रहरी प्रधान कार्यालयले भने बुधबार मात्रै सूचना जारी गरेको छ। यसअघि दुवै जना बाहिनी प्रमुख थिए।

खत्री सशस्त्र प्हरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी रुपन्देही प्रमुख र भट्टराई ६ नम्बर बाहिनी महेश्वरी सुर्खेतको प्रमुख थिए। 

खत्रीलाई मानवश्रोत विभाग र भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएको छ। तर उनीहरु सरुवा गरिएको नयाँ कार्यालयमा हाजिर हुन नपाई अवकास भइसक्नेछन्। 

५ नम्बर बाहिनीमा सुरेश कुमार श्रेष्ठ र ६ नम्बर बाहिनीमा प्रदीप कुमार पाललाई जिम्मेवारी दिइएको छ। 

१५ एसएसपी पनि सरुवा
यस्तै सशस्त्र प्रहरीका १५ जना वरिष्ठ उपरीक्षक (एसएसपी) को पनि सरुवा गरिएको छ। सरुवा हुनेमा शुक्रबार नै बिदा हुन लागेका एसएसपी विश्वकुमार भट्टराई पनि छन्। उनलाई सीमा सुरक्षा तालिम शिक्षालय वर्दघाटबाट सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ। 

यस्तै कृष्णराज पाठक बडिमालिका जवान तालिम शिक्षालय, विनोदराज श्रेष्ठ सीमा सुरक्षा विभाग, प्रविण कडेल मानव श्रोत विभाग, दिगविजय सुवेदी कार्य विभाग, कमलप्रसाद तिउसिना ५ नं बाहिनी रुपन्देही, नीरकृष्ण अधिकारी ९ नं बाहिनी काठमाडौँ, नरेन्द्र सेनको राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयमा सरुवा भएको छ। 

यस्तै शंकर खनाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट, राजेश उप्रेती पाथिभरा जवान तालिम शिक्षालय झापा, गंगाराम श्रेष्ठ शिक्षालय बाँके, नेत्रबहादुर कार्की सप्तरीस्थित शिक्षालयमा सरुवा भएका छन्। 

रमेशकुमार पाण्डेलाई ४ नं बाहिनी मुख्यालय कास्की, विकास घिमिरे खेलकुद तथा शारिरीक सुगठन शिक्षालय र जहर सिंह बुढा मगर कार्यविभागमा सरुवा भएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad