नेकपा एमालेको पोलिटब्यूरो बैठक आगामी भदौ १८ र १९ गते बस्ने भएको छ। बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकले पोलिटब्यूरो बैठक बोलाउने निर्णय गरेको उपाध्यक्ष युवराज ज्ञवालीले नेपालखबरलाई जानकारी दिए।
उनका अनुसार, बिहीबारको बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत गरिएको छ। पोलिटब्यूरो बैठकमा वार्षिक कार्ययोजनाबारे छलफल हुने उपाध्यक्ष ज्ञवालीले बताए।
त्यस्तै, समसामयिक परिस्थितिको बारेमा पनि अध्यक्ष ओलीले पार्टी बैठकमा चर्चा गरेका छन्। बैठकमा सरकारका कामकारबाहीबारे पनि छलफल भएको छ।
51
Shares

प्रतिक्रिया