समाज


बकैया खोलाले बगाएकी नानुमायाको शव बारामा भेटियो

बकैया खोलाले बगाएकी नानुमायाको शव बारामा भेटियो

नेपालखबर
भदौ १७, २०८१ सोमबार १८:२, मकवानपुर (हेटौंडा)

आइतबार (हिजो) बिहान मकवानपुरको बकैया गाउँपालिका–६ स्थित बकैया खोलाले बगाएर बेपत्ता भएकी नानुमाया तितुङको शव फेला परेको छ।

सोमबार (आज) बाराको कोल्हबी नगरपालिका–२ स्थित बकैया खोलाको किनारमा तितुङ मृत अवस्थामा फेला परेकी हुन्। 

आइतबार निजगढबाट बकैया फर्कन खोला तर्ने क्रममा उनलाई बाढीले बगाएको थियो। खोला तर्ने क्रममा उनलाई बगाएको तराई–मधेस फास्ट ट्रयाकमा काम गर्ने कामदारहरुले देखेका थिए। 

नानुमायाका छोरा छिरिङ तितुङ आज बैदेशिक रोजगारीका लागि साउदी अरव जाने तयारीमा थिए।

आफ्नो छोरालाई बिदाई गर्न निजगढसम्म पुगेकी नानुमाया छोरालाई बिदाई गरेर एक्लै हिँड्दै घर फर्किएकी थिइन्। 

घर फर्कने क्रममा खोला तर्दा उनलाई बाढीले बगाएको सोही वडाका वडाध्यक्ष फूलमान भोम्जनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad