भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषिपञ्चमी आज (आइतबार) मनाइएको छ।
काठमाडौँका विभिन्न नदी तलैयामा आइतबार बिहानैदेखि हिन्दु नारीहरूको बाक्लो भिड लागेको छ। पशुपतिनाथ, टेकु दोभान, बागमती किनारा लगायतमा महिलाहरूले स्नान गरेका छन्।
टेकुस्थित सप्तऋषेश्वर मन्दिरमा व्रतालु महिलाहरू चर्को घाममा छाता ओढेर लामबद्ध भएका छन्। मध्य दिउँसो चर्किएको घाममा महिलाहरू पूजाअर्चनाका लागि लामबद्ध बनेका हुन्।
हिन्दु नारीहरूले सप्तऋषिको पूजाआराधनासहित नदी, खोला वा पोखरीमा स्नान गरेर ऋषिपञ्चमी मनाइन्छ। स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ।
जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो।
टेकुस्थित सप्तऋषेश्वर मन्दिरका केही तस्बिरहरूः
Shares
प्रतिक्रिया