काठमाडौँको दरबारमार्गमा संविधान दिवसको अवसर पारेर बिहीबार आयोजित ‘नेसनल डे कन्सर्ट’मा धकेलाधकेल गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
कन्सर्ट चलिरहेको बेलामा केही युवाहरूले भिडमा उत्तेजित हुँदै धकेलाधकेल गरेपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए।
एसपी अधिकारीका अनुसार, पक्राउ पर्नेमा बझाङको मस्टा गाउँपालिका–३ का १९ वर्षीय तिलक खडका, कैलालीको घोडाघोडी नगरपालिका–९ का १८ वर्षीय सन्तोष धामी, कैलालीको टिकापुर नगरपालिका–१ का २० वर्षीय समिर देवल र दार्चुलाको मालिकार्जुन शैलेविश नगरपालिका–६ का २३ वर्षीय दिपेन्द्र धामी रहेका छन्।
पक्राउ परेका चारै जनालाई दरबार प्रहरी बृत्तमा राखिएको छ।
135
Shares

प्रतिक्रिया