समाज


मोरङमा ट्याक्टरको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु

मोरङमा ट्याक्टरको ठक्करबाट घाइते मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु

नेपालखबर
असोज २२, २०८१ मंगलबार १२:४८, काठमाडौँ

मोरङको रंगेली नगरपालिका–१ पोखरी टोलस्थित भित्री सडक खण्डमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। 

असोज २२ गते दिउँसो साढे १२ बजे कर्सियाबाट सखरदिना तर्फ जाँदै गरेको प्र १–०४–००१ त १००४ नम्बरको ट्याकटरले सोही दिशातर्फ जाँदै गरेको को ६ प ६५४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 

ठक्करपछि मोटरसाइकल अनियन्त्रित हुँदै पैदल यात्री धनपालथान गाउँपालिका–६ का ४५ वर्षीय सिटुरु ऋषिदेवलाई समेत ठक्कर दिएको थियो। मोटरसाइकल चालक धनपालथान–१ का ४६ वर्षीय राम बहादुर माझी र मोटरसाइकल पछाडि सवार उनको श्रीमती ३६ वर्षीया मंगली चौधरी समेत तीनै जना घाईते भएका थिए।

उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा रामबहादुर माझीको मृत्यु भएको हो। 

दुर्घटनामा संलग्न ट्याक्टर र चालक धनपालथान–४ का २० वर्षीय रबिन मण्डललाई इलाका प्रहरी कार्यालय रंगेलीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad