अध्यागमन विभागले डिजिटल अपोइन्टमेन्ट व्यवस्थापन प्रणाली कार्यान्वयमा ल्याएको छ।
भिसासम्बन्धी सेवा प्रवाह सरल र सहज बनाउने उद्देश्यले यो प्रणाली लागू गरिएको विभागले जनाएको छ। यो प्रणाली असार १२ गतेदेखि लागू गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।
हाल नेपालीपोर्टमार्फत भिसा आवेदनसँगै ‘आवर्ली एपोइन्टमेन्ट स्लट’ उपलब्ध गराइँदै आएको छ। कुनै पनि स्लटमा कोटा निर्धारण गरिएको छैन भने अपोइन्टमेन्ट स्लिप नभएका सेवाग्राहीले पनि सेवा पाउँदै आएका छन्।
आउँदो साउन १ गतेदेखि भने प्रत्येक घण्टाको लागि आवेदनको कोटा निर्धारण गरिने जनाइएको छ। त्यही बमोजिम सेवा प्रदान गरिने प्रवक्ता ढकालले बताए।


प्रतिक्रिया