साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा सहायक प्रबन्धक (सातौं तह) पदमा कार्यरत मनोज कुमार झाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी सेवा प्रवेश र बढुवासमेत लिएको आरोपमा झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
आयोगका अनुसार उनले सन् १९९८ मा मगध युनिभर्सिटी, बोधगयाबाट प्राप्त बीएससी रजि. न. ६४/९४ रोल न. एसएच ३६४३ को मार्क सिट, इमिग्रेसन सर्टिफिकेट, ट्रान्सफर सर्टिफिकेट, प्रोभिजनल सर्टिफिकेट लगायतको झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्रहरू पेस गरी बि.सं. २०६४ सालमा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रमुख सहायक (सहायक केमिष्ट) पदमा शुरु नियुक्ति लिएका थिए।
सोही झुट्टा तथा नक्कली शैक्षिक योग्यताका प्रमाणपत्र पेस गरी सहायक प्रबन्धक (सातौं तह) पदमा समेत बढुवा नियुक्ति भई ओहोदा, लाभ र सुविधासमेत प्राप्त गरेको पुष्टि भएको अख्तियारको दाबी छ।
झालाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज आरोपपत्र दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जनाएका छन्।
Shares

प्रतिक्रिया