समाज


बारामा जग्गा विवादमा एक जनाको हत्या

बारामा जग्गा विवादमा एक जनाको हत्या

नेपालखबर
कात्तिक १५, २०८१ बिहिबार १५:५८, काठमाडौँ

बाराको महागढीमाई नगरपालिका–१ सेमरा तेगछिया नयका टोल बस्ने ५५ वर्षीय भुमि सुधार भनिने नारायण प्रसाद यादवको हत्या जग्गा विवादका कारण भएको खुलेको छ।

घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ६४ वर्षीय सोथाई चौधरी भन्ने सोथाई खाँ थारूलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनले जग्गाको विषयमा विवाद हुँदा हत्या भएको बताएका छन्।

महागढीमाई नगरपालिका १ सेमरा तेगछिया सडक खण्डमा नारायण प्रसादलाई कात्तिक १० गते साँझ पसलबाट घर जाने क्रममा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या भएको थियो। 

जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले उनलाई कात्तिक १० गते घरबाट पक्राउ गरेको थियो। प्रारम्भिक अनुसन्धानको क्रममा
भोग चलन गर्दै आएको जग्गा सम्बन्धी पुरानो रिसिबि तथा विवादको कारण हत्या गरेको बताएका छन्। 

हत्यामा प्रयोग भएको खुकुरी चौधरीको घर पछाडी झाडीमा लुकाई छिपाई राखेको अवस्थामा बिहीबार फेला पारी प्रहरीले बरामद गरेको छ।

घटनाबारे थप अनुसन्धान हुँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad