समाज


राशिफल ३ मंसिर : मकरले ठीक समयमा सही निर्णय लिने, तुलाको काम बिगार्नेहरू अघि सर्ने, तपाईँको के?

राशिफल ३ मंसिर : मकरले ठीक समयमा सही निर्णय लिने, तुलाको काम बिगार्नेहरू अघि सर्ने, तपाईँको के?

पण्डित नारायणप्रसाद दुलाल
मंसिर ३, २०८१ सोमबार ४:३६, काठमाडौँ

आज सोमबार, ३ मंसिर २०८१ (१८ नोभेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-

मेष : बोलीको प्रभाव बढ्ने र नयाँ कामको थालनी हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने समय छ। विपरीत वर्गप्रति आकर्षण बढ्ला। दाम्पत्य सुख मिल्नेछ। साँझमा भने कलहको योग छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

वृष : ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्। लामो समयदेखि रोकिएका कामले पूर्णता पाउनेछन्। नयाँ कामका विभिन्न अवसर फेला पर्ने छन्। कहीँकतैबाट उपहार प्राप्त होला। परीक्षा आदि प्रतिस्पर्धामा उत्तीर्ण हुन सकिनेछ।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

मिथुन : विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ। मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। साँझमा दाजुभाइ वा नजिकका मित्रले सहयोग गर्नेछन्।

भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

कर्कट :  रमणीय र सुखद यात्राको योग छ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। करिअरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ। अल्छीपन नत्यागेमा आँटेको काममा सफलता नमिल्ला।

भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा पनि ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। अरूको कुभलो नचिताउने।

सिंह : प्रेमीले तपाईँको विचारलाई समर्थन गर्नेछन्। नयाँ कार्यको योजना बन्नेछ। सेयर बजारबाट लाभ मिल्नेछ। साझेदारीमा गरिएको कारोबारबाट राम्रै फाइदा हुनेछ। धन सञ्चयको अवसर प्राप्त होला। स्वास्थ्यप्रति बढी भने सजग रहनु पर्नेछ।

भाग्यशाली रङ रातो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।

कन्या : विशिष्ट व्यक्तिलाई प्रभावित बनाएर काम बनाउन सकिनेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। रोकिएका काम पुनः सुरु हुन सक्छन्। आँटे-ताकेको पूरा हुनेछ। परिणाममुखी जिम्मेवारी वहन गर्ने समय आएको छ।

भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

तुला : परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ। अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुन सक्छ। काम बिगार्न चाहनेहरू अघि सर्नेछन्। स्वरोजगारीका निम्ति दौडधुप गर्नुपर्नेछ।

भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।

वृश्चिक : मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ। शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। पुँजी बजारबाट धन लाभ हुनेछ।

भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा पनि ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।

धनु : राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। रोकिएका काम पुनः सुरु हुनेछन्। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला। शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। प्राविधिक र वैदेशिक कामहरू भने रोकिनेछन्।

भाग्यशाली रङ खैरो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।

मकर : अध्ययन अध्यापन सफल नै रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। लाभदायक यात्रा रहनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ। विज्ञानको ज्ञानमा वृद्धि हुनेछ। कसैकसैका लागि सन्तान प्राप्तिको योग छ।

भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज नवग्रहको स्मरण गरी कामको सुरुआत गर्ने। निलो रङको प्रयोग नगर्ने।

कुम्भ : आलस्य तथा थकानको अनुभूति हुनेछ। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ। स्वास्थ्य मापदण्ड पूरा गर्नु पर्छ। घरायसी झमेलामा परिनेछ। बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला। प्रेममा बाधा हुन सक्छ। वैदेशिक कार्य अघि बढ्ला।

भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान्‌ शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।

मीन : सहयोगीको राम्रो साथ प्राप्त हुनेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ। तर, स्वास्थ्य मापदण्डको ख्याल गर्नु पर्नेछ। सेयरबजार अन्तर्गत बीमा क्षेत्रबाट अधिक फाइदा मिल्नेछ।

भाग्यशाली रङ गुलाबी हो भने अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad