समाज


दुर्गा प्रसाईं क्यान्सर अस्पतालमा भर्ना

दुर्गा प्रसाईं क्यान्सर अस्पतालमा भर्ना

नेपालखबर
मंसिर १३, २०८१ बिहिबार १९:५५, काठमाडौँ

विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएको छ। नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार उनलाई चेकजाँचको लागि क्यान्सर अस्पताल लगेको थियो।

अस्पतालले भर्नै गर्नु पर्ने बताएपछि बिहीबार साँझ बेड भर्ना गरिएको साइबर ब्यूरोका प्रमुख डीआईजी नविन्द अर्यालले बताए।

यसअघि प्रहरीले उनलाई वीर अस्पताल लगेर चेकजाँच गरेको थियो। प्रसाईंले पटक पटक अस्पताल बस्न खोज्दा पनि चिकित्सकले नै बेड भर्ना हुन नपर्ने भनेपछि उनलाई हिरासतमै फर्काइएको थियो।

यसअघि जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि लैजाँदा पनि उनले आफू क्यान्सरको बिरामी रहेको र उपचारका लागि अस्पताल नै बस्नु पर्ने बताएका थिए।

न्यायाधीशले म्याद थप गर्दै उनको स्वास्थ्योपचारमा ख्याल गर्न प्रहरीलाई निर्देशन दिएका थिए। प्हरीले लगतै वीर अस्पताल लगेको थियो, तर त्यसै बेलुका हिरासतमै फर्काइएको थियो।

बुधबार सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै क्यान्सरको बिरामी रहेकाले सोही अनुसारको उपचारको व्यवस्था गर्न निर्देशनात्मक आदेश नै दिएपछि बिहीबार भने क्यान्सर अस्पताल नै लगिएको हो।

प्रसाईंले प्रधाननमन्त्री केपी ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै अभिव्यक्ति सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथी विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ।

यसपछि उनलाई कीर्तेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad