आज मंगलबार, १८ मंसिर २०८१ (३ डिसेम्बर २०२४)। हेर्नुस् आजको राशिफल-
मेष: अरूको विश्वास जित्न गाह्रो पर्ला। कुनै कुराले मनमा शान्ति छाउनेछ। इच्छा र आकांक्षा पूर्ण हुनेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आफन्तको प्रगतिमा मन रमाउला।
भाग्यशाली रङ पर्पल र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६५, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष: समय प्रतिकूल भई कुलतमा मन जान सक्छ। समय व्यवस्थापन गर्न गाह्रो पर्नेछ। हरेक कार्यमा सतर्कता अपनाई सम्पन्न गर्नतिर लाग्नु उचित हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्ला। झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।
मिथुन: शुभकार्यमा मन जानेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। सञ्चारमाध्यमबाट शुभ समाचार प्राप्त होला। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ।
भाग्यशाली रङ निलो र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६४, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कर्कट: विश्वास गरेकाले साथ दिनेछन्। सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ। रमाइलो यात्राको योग छ। प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न सक्छन्।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ६५, सेयर बजारमा ६५, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५६ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। अरूको कुभलो नचिताउने।
सिंह: परीक्षा र शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ। आफ्नै दक्षतामा विभिन्न कार्य सम्पन्न हुनेछन्। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। बन्दव्यापार र पेसा-व्यवसायको क्षेत्रबाट विशेष लाभ हुनेछ।
भाग्यशाली रङ रातो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। उत्तर दिशा नजाने।
कन्या: लेनदेनमा सजगता अपनाउनु पर्नेछ। बेला-बेलामा मनमा चिन्ता, दुबिधा, अशान्ति तथा चञ्चलता आउन सक्छ। परिवारका लागि धेरै समय दिन पाइने छैन। साँझमा राम्रो समाचार सुन्न पाइनेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४९, सेयर बजारमा ३०, वैदेशिक कार्यमा ४० र शिक्षामा ३८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ४२, यात्राको योग ३१ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
तुला: मिष्ठान्न भोजन प्राप्त होला। पर्यटकीयस्थलको भ्रमणले मन लोभ्याउनेछ। मनोरञ्जनमा सहभागी भइएला। धार्मिक कृत्यमा सहभागिताको अवसर मिल्नेछ। सेयर बजारमा गरेको लगानीले राम्रै लाभ दिनेछ।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५८, व्यापारमा ६०, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ४१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
वृश्चिक: मान प्रतिष्ठामा वृद्धि हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कार्य सम्पादन हुनेछ। रमणीय र सुखद् यात्राको योग छ। लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। दिनको उत्तरार्ध अधिक सुखद रहनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७१, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
धनु: अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहला। दैनिक कार्यमा प्रगति हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६३, सेयर बजारमा ६२, वैदेशिक कार्यमा ६९ र शिक्षामा ५४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६३, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गर्ने। तामसिक भोजन नगर्ने।
मकर: शरीर भारी र मन अस्थिर रहने संकेत देखिन्छ। खर्च नियन्त्रणभन्दा बाहिर पुग्न सक्छ। कूटनीतिक नियोगको सहयोग मिल्ला। भोजभतेरमा सामेल हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। सुखदुःख बराबरी हुनेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ६०, व्यापारमा ४७, सेयर बजारमा ४८, वैदेशिक कार्यमा ७७ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ६६, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ३७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
कुम्भ: नयाँ व्यक्तिसँग भेटघाट हुनेछ। जीवनसाथीको सल्लाहले कार्यमा सफलता मिल्नेछ। व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत बढ्नेछन्। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ, तर स्वास्थ्य प्रति सजग रहन आवश्यक छ।
भाग्यशाली रङ हरियो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५१, व्यापारमा ५९, सेयर बजारमा ६३, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ८०, यात्राको योग ७२ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरको दर्शन। निलो रङको प्रयोग नगर्ने।
मीन: न्यायिक कार्यमा सफलता मिल्नेछ। धर्म कार्य तथा समाजसेवामा मन लाग्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। स्थान परिवर्तनका विशेष योग देखिन्छन्। पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६४, व्यापारमा ७८, सेयर बजारमा ५७, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ५७, यात्राको योग ६५ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। खैरो रङको प्रयोग नगर्ने।
Shares

प्रतिक्रिया