समाज


सांसद भगवती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लन्डनमा सम्मान

सांसद भगवती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लन्डनमा सम्मान

नेपालखबर
मंसिर २०, २०८१ बिहिबार १६:४, काठमाडौँ

सांसद भगवती चौधरी बेलायतमा सम्मानीत भएकी छन्।

बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो।

‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ। सांसद चौधरीलाई मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्ममानीत गरिएको हो।

सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफूले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताइन्। मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सांसद चौधरीले सम्मानीत हुन पाउँदा गौरवान्तिक भएको बताइन्।

२०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भएपनि समाजमा विभेदहरु रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गरिन्।

‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन्’ उनले भनिन्, ‘परम्परागत, सांस्कृतिक विभेदहरु छन्। महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन्। ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ।’

मन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने बताइन्।

महिला आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहेकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्याएकी थिइन्।

३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहेकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुन्। उनले ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोडेकी छन्।

उनले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतीका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिम लगायतमा कााम गर्दै आइरहेकी छन्। हाल प्रतिनिधि सभा सदस्यका रुपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामुलक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad