भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुकले विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन्।
त्यसक्रममा स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वयम्भूनाथ परिसरमा भुटानी नरेशलाई स्वागत गरेका थिए। करिब आधा घण्टा बसेका भुटानी नरेशले स्वयम्भूनाथ परिसरबाट काठमाडौँ उपत्यकाको दृश्यावलोकन गरेका छन्।
आज बिहान नेपाल आइएका भुटानी नरेशले स्वयम्भूनाथ दर्शनपछि बौद्धनाथ दर्शन गरेका छन्। भारतबाट स्वदेश फर्कने क्रममा काठमाडौँ आएका उनी आजै स्वदेश फर्कनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ। रासस
36
Shares

प्रतिक्रिया