समाज


सर्वोच्च बारका उम्मेदवारको नामावली प्रकाशन, कुन पदमा कसको दाबी? (सूची)

सर्वोच्च बारका उम्मेदवारको नामावली प्रकाशन, कुन पदमा कसको दाबी? (सूची)

नेपालखबर
पुस ८, २०८१ सोमबार १६:५९, काठमाडौँ

सर्वोच्च अदालत बार एसोसिएनको नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनमा उम्मेदवारको सूची प्रकाशित भएको छ।

निर्वाचन समितिले प्रकाशित गरेको सूची अनुसार अध्यक्ष पदमा ३ जनाको उम्मेदवारी परेको छ। 

अध्यक्ष पदमा वरिष्ठ अधिवक्ताद्वय मेघराज पोखरेल र महेशकुमार थापाका साथै अधिवक्ता प्रेमसिंह धामीले उम्मेदवारी दिएका छन्।

पोखरेल नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीनिकट कानुन व्यवसायी संगठनका साझा उम्मेदवार हुन्। थापाका पक्षमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा, रास्वपालगायत विभिन्न दलनिकट कानुन व्यवसायी तथा तिनका संगठनको समर्थन छ। 

त्यस्तै उपाध्यक्षमा अम्बरबहादुर राउत, भीष्मराज कडरिया र उत्तमबहादुर श्रेष्ठले मनोनयन दर्ता गराएका छन्।

सचिव पदका लागि रमणकुमार कर्ण, पुष्पराज पौडेल र प्रभाकर श्रेष्ठले दाबी पेस गरेका छन्।

सहसचिव (महिलामा) पुनदेवी महर्जन र श्रुतिकुमारी रेग्मीको उम्मेदवारी परेको छ।

कोषाध्यक्षमा रामचन्द्र पौडेल, अनन्तराज लुइँटेल र रामहरि त्रिपाठीको उम्मेदवारी परेको छ।

सदस्य (महिला) मा शशि बस्नेत र सुधा धितालबीच प्रतिस्पर्धा हुने भएको छ।

बाँकी ९ सदस्य पदका लागि १९ जना चुनावी मैदानमा उत्रिएका छन्।

मतदान पुस २० गते हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad